सगरमाथा आरोहणमा गएका तीनजना 'शेर्पा'को हिमपहिरोमा परेर मृत्यु भएको छ।
सगरमाथाको आधारशिविरबाट पहिलो शिविर, क्याम्प–वान जाने क्रममा खुम्बु आइसफलबाट आएकाे हिमपहिरोमा परी उनीहश्कोर मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
मृत्यु हुनेमा खुम्बु पासाङ गाउँपालिका–५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन्।
बिहानतिर एक्कासी हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएकाे अनुमान गरिएकाे छ।
इमाजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरू गाइडको रुपमा गएका थिए।