४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करिब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक आइतबार नियन्त्रणमा लिएको हो।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ।

प्रकाशित मिति: : 2023-04-10 17:33:00

प्रतिकृया दिनुहोस्