तीन दलका शीर्ष नेतासँग सभामुख घिमिरेकाे भेटवार्ता 

सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन्।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएकाे हाे।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गरेका हुन्। उनीहरूबीच संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2023-04-08 16:55:00

प्रतिकृया दिनुहोस्