उपनिर्वाचनः उम्मेदवारलाई मर्यादित बन्न केपी ओलीको आग्रह 

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारलाई मर्यादित बन्न आग्रह गरेका छन्।

उपनिर्वाचन युवामय रहेको भन्दै ओलीले समाजिक सञ्जालमा भनेका छन्– ‘धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’

उनले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रीत बनाउनु पर्ने बताएका छन्। मंसिर ४ को निर्वाचन अघि काँग्रेस सभापतिलाई बहसमा आउन आग्रह गरेको सम्झदै ओलीले भनेका छन्– ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई  सही बाटोमा लैजान एजेण्डा केन्द्रीत बनाउनै पर्छ।’

प्रकाशित मिति: : 2023-04-06 10:55:00

प्रतिकृया दिनुहोस्