रवि लामिछानेविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ। 

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी तोकिएपनि हेर्न नमिल्ने भएपछि रोकिएको सुनुवाइ आज फुयालको इजलासमा परेको हो।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध सोमबार दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।

महान्यायाधिवक्ता डा.पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। 

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो।

प्रकाशित मिति: : 2023-04-05 11:21:00

प्रतिकृया दिनुहोस्