रवि लामिछानेविरुद्धको मुद्दा अनिलकुमार सिन्हाको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्ययायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ।

रविविरुद्ध सिन्धुलीका युवराज पाैडेल (सफल)ले नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएकाे र लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताकाे कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग सोमबार रिट दायर गरेका थिए।

उनकाे मुद्दा नवौं नम्बरमा छ।

प्रकाशित मिति: : 2023-04-04 11:15:00

प्रतिकृया दिनुहोस्