तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन्। 

वाग्लेले रास्वपाका तर्फबाट सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहेका छन्।

यसअघि नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-04-03 15:56:00

प्रतिकृया दिनुहोस्