रवि लामिछानेकाे राहदानी प्रकरणमा सर्वोच्चमा रिट दर्ता

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज सफलले आइतबार दिउँसो सर्वोच्चमा दिएको रिट सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो। उक्त रिटकाे पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ।

गत चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। साेही निर्णयविरूद्ध सफलले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। 

प्रकाशित मिति: : 2023-04-03 14:14:00

प्रतिकृया दिनुहोस्