उम्मेदवारी दर्तापछि रविले भने–यो देशमा म घाँडो नै भएको हो भने मारिदिए भैगो

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको लागि आफू घाँडो भए मन तयार रहेको बताएका छन्।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अरुका लागि आफू घाँडो भए मारिदिन बताएका हुन्।

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

नागरिकतासम्बन्धी उठेको प्रश्नबारे जवाफ दिँदै उनले न्यायीक प्रक्रियालाई प्रभावित नपारेको बताउँदै भने, ‘मैले न्यायीक प्रक्रियालाई कहिल्यै प्रभावित पारेको छैन पार्नेछैन। अदालतको फैसलाले लेखिदिएको छ कि, सन् २०१८ मा नै सकिएको भनेर। त्यसलाई पनि कसैले व्याख्या गरिदियो भने त एउटै उपाय छ। म घाँडो नै भएको हो भने त मारिदिए भैगो।’

 

प्रकाशित मिति: : 2023-04-03 11:42:00

प्रतिकृया दिनुहोस्