चितवन– २ मा दुर्गा प्रसाईंकाे टाेलीले चुनाव लड्ने, सम्भु थापा बने उम्मेदवार

एमाले त्यागेर मेची-महाकाली अभियान सुरु गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे अभियानले चितवन क्षेत्र नं. २ काे उपनिर्वाचनमा उम्मेदवारी दिने भएकाे छ।

अभियानले आइतबार काठमाडाैँमा आयाेजित एक पत्रकार सम्मेलनमार्फत उम्मेदवार घाेषणा गरेकाे हाे। अभियानले साे क्षेत्रमा सम्भु थापालाई उम्मेदवार बनाउने भएकाे छ।

केही महिनादेखि सुरु भएकाे याे अभियानले बैंक तथा वित्तिय संस्थाहरुले लगाएकाे चर्काे ब्याज मिनाह गर्नुपर्ने माग गर्दै आन्दाेलन गरिरहेकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे सांसद पद खारेज भएपछि साे निर्वाचन क्षेत्रमा आगामी वैशाख १० मा उपनिर्वाचन हुँदैछ। साे निर्वाचन क्षेत्रमा रास्वपाका रवि लामिछाने, एमालेका रामप्रसाद न्याैपाने र नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले उम्मेदवारी दिने घाेषणा गरिसकेका छन्।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-02 15:42:00

प्रतिकृया दिनुहोस्