उपनिर्वाचनका लागि राप्रपाले छान्याे तीनवटै क्षेत्रकाे उम्मेदवार

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगाे लगाएको छ।

आइतबार बसेको संसदीय समितिको बैठकले उपनिर्वाचनका लागि तीनवटै क्षेत्रकाे उम्मेदवार टुंगो लगाएको हाे।

राप्रपाले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि भाेलि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा २ का लागि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: : 2023-04-02 14:54:00

प्रतिकृया दिनुहोस्