चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले चितवन २ र तनहुँ १ काे उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दुई क्षेत्रका उम्मेदवार टुंगो लगाएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बारा २ मा भने उम्मेदवार टुंगो नलागेकाे उपमहासचिव गुरुङले बताए।

प्रकाशित मिति: : 2023-04-01 17:35:00

प्रतिकृया दिनुहोस्