सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
आज धेरै......
धेरै दिनपछि
तिमीसँग भेट भएको थियो
तर पनि तिम्रो स्पर्शमा
मैले आफ्नो सम्झना छोड्न सकिन
यो हामी दुबैको विवशता होला।
कदाचित स्पर्शता प्रेमको बन्धन त होइन
तर प्रेममा प्रकाशित हुने
एउटा विश्वास हो
जुन विश्वास भित्र
म केही छिन हराएर
त्यो स्पर्शलाई आलिंगन गर्न खोजेको थिएँ।
आज धेरै......
धेरै दिनपछि
तिमीसँग भेट हुँदा मन
प्रसन्न भएको थियो
तिम्रो कलिलो ओठको
कलिलो मुस्कान
अनि दुई लोचन भित्रको
विशाल माया
म स्पष्ट देखि रहेको थिएँ
भन्न त म सँग पनि हजार..
हजार कुरा थिए
तर कतै तिमी पो रिसाउने
हो भन्ने डर थियो
आज धेरै......
धेरै दिन पछि तिमीसँग भेट हुँदा
मलाई तिम्रो स्पर्श गर्न मन थियो
मलाई तिम्रो स्पर्श गर्न मन थियो।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया