‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
आज धेरै......
धेरै दिनपछि
तिमीसँग भेट भएको थियो
तर पनि तिम्रो स्पर्शमा
मैले आफ्नो सम्झना छोड्न सकिन
यो हामी दुबैको विवशता होला।
कदाचित स्पर्शता प्रेमको बन्धन त होइन
तर प्रेममा प्रकाशित हुने
एउटा विश्वास हो
जुन विश्वास भित्र
म केही छिन हराएर
त्यो स्पर्शलाई आलिंगन गर्न खोजेको थिएँ।
आज धेरै......
धेरै दिनपछि
तिमीसँग भेट हुँदा मन
प्रसन्न भएको थियो
तिम्रो कलिलो ओठको
कलिलो मुस्कान
अनि दुई लोचन भित्रको
विशाल माया
म स्पष्ट देखि रहेको थिएँ
भन्न त म सँग पनि हजार..
हजार कुरा थिए
तर कतै तिमी पो रिसाउने
हो भन्ने डर थियो
आज धेरै......
धेरै दिन पछि तिमीसँग भेट हुँदा
मलाई तिम्रो स्पर्श गर्न मन थियो
मलाई तिम्रो स्पर्श गर्न मन थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया