कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिएका छन्। बैठक बिहान १०: ०० बजे देखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने भरएकाे छ। 

प्रकाशित मिति: : 2023-04-01 10:23:00

प्रतिकृया दिनुहोस्