पोखरामा विमान दुर्घटना

पोखरामा विमान दुर्घटना: ६९ जनाकाे मृत्यु, ३ जना अझै बेपत्ता

पाेखरामा भएकाे यति एयरलाइन्सकाे विमान दुर्घटनामा परेर हालसम्म ६९ जना यात्रुकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।

नागरिक उड्यान प्राधिकरणका अनुसार आइतबार बेलुकासम्म बेपत्ता भएकाे ६९ जना यात्रुकाे शव फेला परेकाे छ। भने अझै तीन जना यात्रु बेपत्ता छन्।

आइतबार बिहान १०:३२ बजे काठमाडाैँबाट पाेखराकाे लागि उडेकाे यति एयरकाे ९एन– एएनसी एटीआर- ७२ ५०० जहाज पाेखरा विमानस्थलमा ल्याण्डिङ गर्नु केही मिनेटअघि सेती खाेँचमा दुर्घटना भएकाे थियाे। विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार थिए, जसमध्ये ६९ जनाकाे शव फेला परेकाे र ३ जनाकाे अवस्था अज्ञात रहेकाे नेपाली सेना प्रवक्ता कृष्णप्रसाद भण्डारी बिएल नेपाली सेवासँग जानकारी दिएका छन्।

जहाँ बिहान करिब १०: ५० बजे पाेखरा विमानस्थलमा अवतरणकाे लागि अनुमति लिए लगत्तै दुर्घटना भएकाे थियाे। प्रत्यक्षदर्शीका अनुसार आकाशबाट अनियन्त्रित भएर खसेकाे खसेकाे जहाज सेती खाेँचमा खसेकाे थियाे। जहाज खसेकाे जमिनमा खस्नासाथ जहाजमा आगाे दन्किएकाे थियाे। जहाजबाट केही यात्रु उछिट्टिएर बाहिर खसेका थिए भने अधिकांश जहाजमै जलेर ज्यान गुमाएका छन्। एक/दुई जना यात्रु जीवितै भेटिए पनि उनीहरुकाे ज्यान बचाउन सम्भव भएन।

जहाज गहिराे खाेँचमा खसेकाे कारण उद्दार कार्यमासमेत समस्या परेकाे थियाे। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरीलगायतले उद्दार गरेका थिए। पहाडकाे खाेँचमा भेटिएका शवकाे क्रेन, डाेरी र भर्‍याङ प्रयाेग गरे शव माथि निकालिएकाे थियाे। भेटिएका सबै शव पाेष्टमाटमकाे लागि पाेखरास्थित गण्डकी अस्पतालमा राखिएकाे कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन्।

उनका अनुसार सबै शव संकलन र पाेष्टमार्टम गरेपछि मात्रै काठमाडाैँ ल्याइने छ।

जहाजमा चालक दलका चार सदस्यकाे टाेली रहेकाे यति एयरलाइन्सले जनाएकाे छ। जसमा १९ वर्ष पुराना क्याप्टेन कमल केसी, काे– अन्जु खतिवडा तथा एयर हाेस्टेस सिर्जना हाेंगचुन र ओसीन आले मगर रहेका थिए। ओसीन करिब पाँच महिनाअघि मात्रै एयर हाेस्टेसमा भर्ती भएकी थिइन्।

त्यस्तै जहाजमा सवार यात्रुमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन्। जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रशियन, २ जना काेरियन, १ जना अर्जेन्टिनी, १ जना अष्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन्।

यता पाेखरामा विमान दुर्घटना भए लगत्तै यात्रुका परिवार तथा आफन्तहरुले दिनभर काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर यात्रुकाे अवस्थाबारे जानकारी लिनुका साथै उद्दारकाे लागि दबाब दिएका थिए।

त्यसैगरी जहाज दुर्घटना भएकाे खबर पाउन साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर कन्ट्राेल रुममा बसेर विमान दुर्घटनाबारे जानकारी लिएका थिए।

त्यस्तै विमान दुर्घटनापछि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्री परिषद्काे आकस्मिक बैठकले भाेलि (माघ २ गते) शाेक बिदा दिने निर्णय गरेकाे छ। भने, दुर्घटनाकाे छानबिनकाे लागि पाँच सदस्यीय टाेलीकाे गठन गरेकाे छ।

याे सँग यति एयर यसवर्ष मात्रै विमान दुर्घटनाकाे क्षति व्यहाेरेकाे छ। यसअघि गत जेठमा यति एयरअन्तर्गत तारा एयरको ९ एन एइटी जहाज दुर्घटना भएकाे थियाे।

नागरिक उड्यान प्राधिकरणले नेपालमा भएकाे आन्तरिका विमान दुर्घटनामध्ये आइतबारकाे दुर्घटना सबैभन्दा ठुलाे रहेकाे जनाएकाे छ।

विमान दुर्घटनाकाे कारण भन्ने अहिलेसम्म पत्ता लागेकाे छैन। माैसम पनि सफा रहेकाेले विमानमा प्राविधिक समस्या रहेकाे हुनसक्ने अनुमान गरिएकाे छ।

प्रकाशित मिति: : 2023-01-15 22:56:00

प्रतिकृया दिनुहोस्