काँग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, मन्त्रीहरुकाे नाम टुंग्याउने

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनकाअनुसार सरकारमा सहभागी हुने विषयमा छलफल गर्न बैठक बाेलाइएकाे हाे।

यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिनपछि सारिएको हो।

प्रचण्ड सरकारले आज मन्त्रीमण्डल बिस्तार गर्दैछ। प्रचण्ड सरकारमा अर्थसहित ८ मन्त्रालय पाएकाे काँग्रेसले साे बैठकबाट मन्त्रीहरुकाे नाम टुंगाे लागाउने छ।

प्रकाशित मिति: : 2023-03-30 06:46:00

प्रतिकृया दिनुहोस्