सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहीन, ३ बजे पुन: बस्ने

मन्त्रिपरिषद् विस्तारकाे टुंगाे लगाउन बसेकाे सत्तासाझेदार दलहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ।

बुधबार बिहान बालुवाटारमा भएकाे छलफल निष्कर्षविहीन भएपछि दिउँसाे ३ बजे पुनः बैठक बसेर सहमति जुटाउने प्रयास गरिने जनाइएको छ।

मंगलबार साँझ बसेकाे बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबारे सहमति नजुटेपछि पुन: आज बिहान बैठक बसेकाे थियाे।

लामाे समयदेखि रिक्त रहेकाे मन्त्रालय विस्तार गर्ने तयारी भए पनि दलहरुबीच भागवण्डा नमिल्दा राेकिएकाे छ।

नेपाली काँग्रेस अर्थ मन्त्रालयसहित ८, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले ३–३ मन्त्रालयमा अडान कायम राखेपछि भागवण्डा मिल्न सकेकाे छैन।

प्रकाशित मिति: : 2023-03-29 12:17:00

प्रतिकृया दिनुहोस्