सत्ता गठबन्धनकाे बैठक जारी, न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने प्रयास

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक सुरु भएकाे छ।

बैठकमा सरकारले ल्याउन लागेकाे न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन तथा मन्त्रालयकाे भागवण्डा मिलाउने विषयमा छलफल भइरहेकाे नेताहरुले बताएका छन्। बैठकमा गठबन्धनका शीर्ष नेताहरुकाे सहभागिता रहेकाे छ।

मंगलबार साँझ बसेकाे बैठकमा न्युनतम साझा कार्यक्रममा सहमति नजुटेपछि पुन: आज बैठक बसेकाे हाे।

त्यस्तै बैठकमा मन्त्रालयकाे भागवण्डा मिलाउने विषयमा पनि छलफल भइरहेकाे छ। लामाे समयदेखि रिक्त रहेकाे मन्त्रालय विस्तार गर्ने तयारी भए पनि दलहरु बीच भागवण्डा नमिल्दा राेकिएकाे छ।

नेपाली काँग्रेस अर्थ मन्त्रालयसहित ८, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले ३–३ मन्त्रालयमा अडान कायम राखेपछि भागवण्डा मिल्न सकेकाे छैन।

प्रकाशित मिति: : 2023-03-29 10:07:00

प्रतिकृया दिनुहोस्