नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको व्यवहारमा सुधार ल्याउने बताएका छन्। शुक्रबार आइजीपीमा नियुक्त भएपछि उनले प्रहरीभित्रको आन्तरिक शुद्धिकरण गर्ने आफ्नो मुख्य प्राथमिकता हुने बताए।
कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए। उनले भने, ‘प्रहरीको मनोबल बढाउने गरी काम गर्ने छु र संगठनको छवि उचो बनाउने छु।’
उनीसहित तीन दिनअघि सरकारले पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए।
तीमध्ये १ नम्बर वरियतामा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो।