सुनसहित दुई भारतीय पक्राउ

प्रहरीले नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेका छन्। 

काँकडभिट्टाबाट आउँदै गरेका उनीहरूलाई सुनसहित पक्राउ गरिएको हाे। 

बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-02-13 12:07:00

प्रतिकृया दिनुहोस्