नेपाल बुलेट हाउसको ‘काठमाडौं-स्याङ्जा राइड’ सुरु (तस्बिरहरू)

नेपाल बुलेट हाउसले काठमाडौं-स्याङ्जा बाइक राइड (यात्रा) सुरु गरेको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बुलेट हाउसले बिहीबार बिहान काठमाडौंको तीनकुनेबाट राइड सुरु गरेको हो। १३ वटा रोयल इनफिल्डसहितको टोलीमा १६ जना राइडर सहभागी छन्।

राइडिङ टोली आज (बिहीबार) पोखरा हुँदै कास्कीको ल्वाङ गाउँ पुग्नेछ। शुक्रबार पोखरा फर्किएर स्याङ्जाको सिरुबारीतर्फ लाग्नेछ। र, शनिबार काठमाडौं फर्किनेछ।

ल्वाङ गाउँ र सिरुबारीसहित स्याङ्जाका पर्यटकीयस्थलहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राइडिङ सुरु गरिएको बुलेट हाउसका सञ्चालक रमेश कार्कीले जानकारी दिए।

यो राइडिङमा सहभागी हुन पाएकोमा राइडर रमेश अवालेले खुसी व्यक्त गरे। त्यस्तै अर्का राइडर अनिशजंग थापाले राइडिङ गर्दा आनन्द महसुस हुने र सँगै पर्यटन प्रवर्द्धन पनि हुने बताए।

त्यसैगरी अर्का राइडर दिपेश श्रेष्ठले नेपाल बुलेट हाउसको राइडिङ एकदम व्यवस्थित हुने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने बताए। मोटरसाइकलमा यात्रा गर्दा व्यक्तिगत रुपमा पनि फाइदा हुने उनको भनाइ छ।

‘राइडिङले एकअर्काबीच सम्बन्ध बिस्तार गर्छ। यसले हाम्रो मानसिक स्वास्थ्यदेखि व्यक्तिगत जीवनमा फाइदा हुन्छ,’ उनले भने।

प्रकाशित मिति: : 2025-02-13 17:46:00

प्रतिकृया दिनुहोस्