बिएल संवाददाता
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय आयोग सदस्य कमल कुँवरलाई कारबाही गरेको छ।
मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलको पक्षमा लागेको भन्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समित बडालले उनलाई निष्कासन गरेका हुन्।
कुवँर १५ वर्षदेखि अखिलको राजनीतिमा सक्रिय थिए। संगठनको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी हुँदै पछिल्लो समय उनी केन्द्रीय अनुशासन आयाेगकाे केन्द्रीय सदस्यमा सक्रिय थिए।
उनलाई संगठनको विधानको भाग ११ को धारा ३० (१) अनुसार कारबाही गरिएको अनेरास्ववियुले जानकारी गराएको छ।
संगठनबाट निकालिएपछि नेता कुँवरले अनेरास्ववियुका अध्यक्ष बडालले एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिकाे उपजलाई निरन्तरता दिएकाे जनाएका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया