बबरमहलस्थित मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ।
नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरू अण्डरग्राउण्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो।
पाइप फुटेपछि खानेपानीको बाढीले काठमाडौं जिल्ला अदालत क्षेत्र जलमग्न बनेको थियो। विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइसँगै मर्मत सुरु गरेको हो।