नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्।

पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी महाधिवेशनबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको थियाे। 

त्यसैगरी पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्। 
 

प्रकाशित मिति: : 2025-02-11 11:11:00

प्रतिकृया दिनुहोस्