बागमती प्रदेशका मुख्यमन्त्रीले दोस्रो पटक पाए विश्वासको मत 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।

शुक्रबार प्रदेशसभामा भएको मत विभाजनमा मुख्‍यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७  मत परेको छ। ९१ जना सांसदहरू उपस्थित भएकोमा मत दिन्न भन्ने पक्षमा ७ मत परेको छ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले संविधानबमोजिम दोस्रोपटक संसदबाट विश्वासको मत लिएका हुन्।

पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

नयाँ समीकरण बनेसँगै एमाले पनि शुक्रबार सरकारबाट बाहिरएको छ।

प्रकाशित मिति: : 2023-03-24 16:17:00

प्रतिकृया दिनुहोस्