माओवादी नेता आङ्बोमाथि आक्रमणको प्रयास, हत्या गर्ने चेतावनी (भिडियाेसहित)

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ।

मंगलबार माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन ताप्लेजुङकाे फुङलिङ जाने क्रममा नेता आङ्बोमाथि आक्रमणको प्रयास भएको हाे।

प्रदेशको नाम 'कोशी' खारेज गर्नुपर्ने माग राख्दै आएका पहिचान पक्षधर समूहले उनीमाथि आक्रमणको प्रयास गरेको हो। उनीहरूले आङ्बोकाे हत्या गर्ने चेतावनीसमेत दिएका छन्।

उक्त समूहले नेता आङ्बो सवार गाडीमा ढुंगा प्रहार गरेका थिए। प्रहारबाट उनी चढेकाे गाडीमा सामान्य क्षति पुगेकाे प्रहरीले जनाएकाे छ। यद्यपि, आङ्बोमाथि आक्रमण गर्नेको पहिचान नभएको र घटनाकाे अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ।

प्रदेशकाे नाम 'कोशी' राखेदेखि नै पहिचान पक्षधरहरूले विरोध गर्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2023-03-21 17:15:00

प्रतिकृया दिनुहोस्