अति आवश्यकबाहेक मन्त्री र उच्च तहका कमर्चारीले विदेश भ्रमण गर्न नपाउने 

File Photo
File Photo

मन्त्री र उच्च तहका सरकारी कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने भएका छन्।

विदेश भ्रमणमा जाँदा फजुल खर्च भएपछि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अब अति आवश्यक भएमात्र विदेश भम्रण गर्न पाउने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ।

यसैगरी पोखरमा भएको यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित मिति: : 2023-03-15 16:39:00

प्रतिकृया दिनुहोस्