काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट भएको छ।
प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि गए राति १२ बजे आक्रमण भएको हो।
६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेकाे कारण प्रहरीले सम्झाउन खाेज्दा कुटपिट भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
उक्त समूहकाे कृटाइबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट देखिएकाे छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
ड्यूटीमा खटिएका प्रहरीमाथि कुटपिट गर्ने एमालेनिकट अनेरास्ववियुका नेताहरूले आक्रमण गरेको बताइएकाे छ।
अहिले उनीहरूकाे खाेजीकार्य भइरहेकाे छ।