उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता, जसपाबाटै २ जना

उपराष्ट्रपति पदका लागि चारजनाको उम्मेदवारी परेको छ। आठ दलीय गठबन्धनबाट तीन जनाको र एमालेबाट एकजना गरी चारजनाको उम्मेदवारी परेको हो।

रोचक यो छ कि जनता समाजवादी पार्टीबाट (जसपा)बाट नै दुई जनाको उम्मेदवारी परेको छ। जसपाबाट रामसहाय यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गरेका छन्।

पुरुषको उम्मेदवारी खारेज हुनसक्ने अवस्था भएकाले दुई उमेदवार बनाइएको बताइएको छ। पार्टीको सहमतिमा नै दुई जनाले उम्मेदवारी दिएको अध्यक्ष उपेन्द्र यादवले बताए।

यस्तै गठनबन्धमा सहमति हुन नसकेपछि जनमत पार्टीबाट ममता झाले उमेदवारी दर्ता गरेकी छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छिन्।

उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ९ बजेदेखि २ बजेसम्म समय तोकेको थियो। कार्तिक ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।


उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यले गरिन् उम्मेदवारी दर्ता


उपराष्ट्रपतिमा जसपाबाट रामसहाय र प्रमिला यादवकाे उम्मेदवारी दर्ता


जनमत पार्टीबाट ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

 

 

प्रकाशित मिति: : 2023-03-11 14:35:00

प्रतिकृया दिनुहोस्