जनमत पार्टीबाट ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

झाकाे प्रस्तावक अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाभ सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन्।

यसअघि जनता समाजवादी पार्टी (जसपा)बाट २ जना र एमालेबाट एक जना गरी ३ जनाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।

प्रकाशित मिति: : 2023-03-11 14:17:00

प्रतिकृया दिनुहोस्