उपराष्ट्रपतिमा जसपाबाट रामसहाय र प्रमिला यादवकाे उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट नेता रामसहाय यादव र नेतृ प्रमिला यादवले उम्मेदवारी दर्ता गरेका छन्।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी छन् भने समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन्।

त्यसैगरी प्रमिलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन्।

प्रकाशित मिति: : 2023-03-11 13:51:00

प्रतिकृया दिनुहोस्