एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने

नेकपा (एमाले)ले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ। सत्तारुढ दलहरुले यो समाचार तयार पर्दासम्म कसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने टुंगो लगाउन सकेका छैनन। उम्मेदवार मनोनयन दर्ता बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। 

उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ। उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

प्रकाशित मिति: : 2023-03-11 11:01:00

प्रतिकृया दिनुहोस्