विप्लवसहित चार कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको कार्यक्रमसम्बन्धी अवधारणा सार्वजनिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको कार्यक्रमसम्बन्धी अवधारणा तयार गरेका छन्।

काठमाडाैँ शुक्रबार आयोजित एक कार्यक्रममार्फत विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको कार्यक्रमसम्बन्धी अवधारणा सार्वजनिक गरेका हुन्।

संयुक्त मोर्चाले विज्ञप्ति जारी गर्दै समसामयिक राजनीति, जनजीविकाका सवाल उठाउने र संघर्षका विभिन्न कार्यक्रम गर्ने उल्लेख गरेका छन्।

'चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पुंजीवादी सत्ता एवम् दलाल संसदीय व्यवस्थाको समुल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्यव्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार हो', विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2023-03-10 15:15:00

प्रतिकृया दिनुहोस्