प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको एकल इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध गत मंगलबार सर्वोच्चमा रिट दायर भएको थियो। उक्त रिट आज दोस्रो पटक खतिवडाको इजलासमा तोकिएको हो।

हिजो बिहीबार पहिलो पटक न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो। तर, रिट हेर्न नभ्याइएपछि आज दोस्रो दिन खतिवडाको इजलासमा तोकिएको छ।

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उनको सो अभिव्यक्तिविरुद्ध सर्वोच्चमा रिट परेको थियो।

प्रकाशित मिति: : 2023-03-10 10:52:00

प्रतिकृया दिनुहोस्