शंकर पोखरेल भन्छन् : कहिलेकाहीं एक्लो वृहस्पती बन्नुपर्ने हुन्छ 

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरलेले कहिलेकाहीं एक्लो वृहस्पती बन्नुपर्ने बताएका छन्। 

राष्ट्रपतिमा एमालेबाट उम्मेदवार भएका सुवास नेम्वाङ पराजित भएपछि पोखरलेले यस्तो प्रतिकृया दिएका हुन्। 

सामाजिक सञ्जाल फेसबुकमा प्रतिकृया जनाउँदै उनले जनताको पक्षमा र सत्यको पक्षमा उभिदा एक्लो वृहस्पती बन्नुपर्ने उल्लेख गरेका छन्। तर अन्तयमा एक्लो वृहस्पतीको जीत हुने पनि उनको भनाई छ। 

उनले लेखेका छन्,  ‘देशको पक्षमा, जनताको पक्षमा र सत्यको पक्षमा उभिदा कहिलेकाहीं एक्लो वृहस्पती बन्नु पर्ने हुन्छ। तर अन्त्यमा जीत त्यसकै हुन्छ।’

प्रकाशित मिति: : 2023-03-09 19:01:00

प्रतिकृया दिनुहोस्