रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पाैडेललाई भाेट दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचन सुरू भएको एक घण्टापछि बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  

पार्टी सभापति रवि लामिछानेको दोहोरो राहदानीको मुद्दा पेचिलो बन्दै गएको बेला उनलाई जोगाउन रास्वपा गठबन्धनसँगै टाँसिनु उसको बाध्यता बन्दैआएको छ । 

पार्टी सभापतिकै रजगज चल्दै आएको यो दल पूर्वानुमानअनुसार नै  पौडेलकै पक्षमा उभिएको हो । 

रास्वपा सत्तारूढ गठबन्धनको पक्षमा उभिएसँगै ओलीको गठबन्धन पनि पूरै सकिएको छ । 

रास्वपा पौडेलको पक्षमा उभिदा उनको जीतलाई असर नपार्ने भए पनि पौडेल र नेम्बाङबीचको जीत हारको मतान्तर बढ्ने हो । 

प्रतिनिधिसभामा रास्वपाकाे १९ सिट रहेकाे छ। राष्ट्रपति चुनावमा संघीय संसदका प्रतिसदस्यकाे मतभार ७९ रहने गर्छ।

प्रकाशित मिति: : 2023-03-09 12:46:00

प्रतिकृया दिनुहोस्