दुई महिनापछि उपरथी शाही थुनामुक्त, २ सैनिक अधिकृत पनि छुटे

सैनिक अदालतले उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन आदेश दिएको छ। 

अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवा हटाउने आदेश दिएको हो। झन्डै दुई महिनाको अनुसन्धानपछि शाहीविरुद्धको फैसला सुनाइएको हो।

उक्त मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ।

शाहीले अनियमितता गरेको ठहर कोर्ट अफ इन्क्वाइरी (अनुसन्धान समिति)ले निष्कर्ष निकालेपछि दुईजना कर्णेल बुधबार समातिएका थिए।

सेनाले उपरथी प्रेम शाहीमाथि आर्थिक अनियमिततालगायत विषयमा छानबिन गर्ने भन्दै पुस १९ गते नियन्त्रणमा लिएको थियो। 


धमाधम अधिकृतहरू थुन्दै जंगीअड्डा

 

जंगी अड्डा पुगेका जर्नेल प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लियो

प्रकाशित मिति: : 2023-03-02 21:19:00

प्रतिकृया दिनुहोस्