माधव नेपाललाई भेट्न नेकपा एसको कार्यालय पुगे एमाले नेताहरू

नेकपा एमालेका नेताहरु एकीकृत समाजवादी (एस)को पार्टी कार्यालयमा पुगेका छन्।

बिहीबार बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायत नेताहरु नेकपा एसको आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेका हुन्।

फागुन २५ गते हुन लागेको राष्ट्रपतिका निर्वाचनका लागि भोट माग्न उनीहरु नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन्।

२५ गते राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: : 2023-03-02 11:35:00

प्रतिकृया दिनुहोस्