नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्दछ : प्रधानमन्त्री

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताएका छन्।

आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक स्रोतरसाधनको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गरे। नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ।

प्रकाशित मिति: : 2023-03-01 20:16:00

प्रतिकृया दिनुहोस्