सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो। 

बैठकले उपयुक्त समय नआउञ्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार आजको बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले सहयोग गर्न आग्रह गरे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिएको छैन। 

प्रकाशित मिति: : 2023-02-27 18:45:00

प्रतिकृया दिनुहोस्