राष्ट्रपति निर्वाचनबारे ‘लाइन क्लियर’ गर्दै रास्वपा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने पार्टी नेता सन्ताेष परियरले बिएल नेपाली सेवासँग भने।

उनकाअनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन– २ को उपनिर्वाचनबारे छलफल छ।

‘आज बैठक विशेष गरेर राष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा केन्द्रित रहँछ,’ परियारले भने, ‘राष्ट्रपति निर्वाचनबारे लाइन क्लियर हुन्छ।’

यही फागुन २५ गते हुने राष्ट्रपतिकाे निर्वाचनमा रास्वपाले आफ्नाे उम्मेदवार उठाएकाे छैन।

राष्ट्रपतिकाे लागि ८ दलीय सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका रामचन्द्र पाैडेल र नेकपा (एमाले)काे तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन्। रास्वपाले राष्ट्रपतिकाे लागि उम्मेदवारी नदिएका कारण दुईमध्ये कुनै एकलाई समर्थन गर्नेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार नेम्वाङलाई समर्थन गर्न भन्दै रास्वापलाई औपचारिक पत्रसमेत पठाइसकेका छन्। साेही पत्रबारे आजकाे बैठकमा छलफल हुने परियारले बताए।

यस्तै सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दिएका काँग्रेस पाैडेलले सभापति लामिछानेलाई भेटेरै राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2023-02-27 11:09:00

प्रतिकृया दिनुहोस्