प्रचण्डसंग छलफल गरेर बालुवाटारबाट बाहिरिए अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग छलफल गरेर बाहिरिएका छन्।

शुक्रबार दिउँसाे प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका अध्यक्ष ओली छलफल सकेर बाहिरिएका हुन्।

छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

शनिबार राष्ट्रपति चयनका लागि मनोनयन गर्ने समय सीमा भए पनि दलहरूबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्री दाहालले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आएका छन्। एमालेले भने पूर्व सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने माग राख्दै आएकाे छ।

आज बिहान मात्रै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग प्रधानमन्त्रीले छलफल गरेका थिए। 

प्रकाशित मिति: : 2023-02-24 17:04:00

प्रतिकृया दिनुहोस्