चार दलको बैठक सकियो, राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंगाे लगाइने 

File Photo
File Photo

राष्ट्रपतिको विषयमा छलफल गर्न बसेकाे चार दलका शीर्ष नेताहरूको बैठक सकिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेकाे बैठक पुन: पाँच बजे बस्ने गरी सकिएकाे हाे।

बैठकपछि सञ्चारकर्मीसंग छाेटाे प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भएको र उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा टुङ्गो नलागेको बताए। 

महामन्त्री थापाका अनुसार साेही विषयमा पुनः छलफल गर्नुपर्ने भएकाले ५ बजे अर्को बैठक बसेर अन्तिम टुङ्गो लगाउने निर्णय भएको छ।

बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको सहभागिता थियो।

प्रकाशित मिति: : 2023-02-24 12:46:00

प्रतिकृया दिनुहोस्