सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने सरकारको निर्णय

सरकारले सार्वजनिक बिदाको दिन अत्यावश्यक कार्यालय खोल्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा धेरै भएको भन्दै सार्वजनिक बिदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो।

शनिबार बाहेकको बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला गरिने बताइएको छ।

प्रकाशित मिति: : 2023-02-23 18:54:00

प्रतिकृया दिनुहोस्