राष्ट्रपति चयनका बारेमा माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक सिंहदरबारमा सुरु

राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन्। यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

प्रकाशित मिति: : 2023-02-23 18:12:00

प्रतिकृया दिनुहोस्