नेपाली जनता हिंसाको पक्षमा छैनन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताएका छन्।

एमाले अध्यक्ष ओलीको आज परेको ७२औँ जन्मदिनको अवसर पारेर बालकोटस्थित उनकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उनले सो धारणा राखेका हुन्।

सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उनले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताए।अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गरे।

प्रकाशित मिति: : 2023-02-23 14:22:00

प्रतिकृया दिनुहोस्