माधव नेपालसंगकाे छलफलपछि प्रचण्डले भने- फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

सिंहदरबारमा बिहीबार सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ।

छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिए।

उनले भने, 'अहिले छलफल भइरहेको छ। फाइनल भएको छैन।' भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो।

प्रकाशित मिति: : 2023-02-23 13:58:00

प्रतिकृया दिनुहोस्