सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ।

माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार माओवादी अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता भएकाे हाे।

भेटमा उनीहरूबीच समसामयिक राजनीति, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा दलहरूबीच राजनीतिक भेटवार्ता तीव्र भएको छ। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-02-23 12:29:00

प्रतिकृया दिनुहोस्