एकीकृत समाजवादीले भन्याे- राष्ट्रपतिको लागि कतैबाट प्रस्ताव आएको छैन

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको बताएकाे छ।

बुधबारको सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘राष्ट्रपतिको लागि अहिलेसम्म कतैबाट प्रस्ताव आएको छैन। कसैले प्रस्ताव गरे खुल्ला ढङ्गले छलफल गरेर अगाडि बढ्ने छौँ। सकेसम्म निर्विरोध रुपमा राष्ट्रिय सहमतिमा जाने प्रयास गर्नेछौँ।

एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा आकांक्षा राखेको प्रवक्ता खतिवडाले बताए।

‘एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा आकांक्षा राखेको छ। हामी छलफलमा छौँ। अहिलेसम्म कसैले हामीलाई अफर आएको छैन, उनले भने, 'राष्टपति र पार्टी एकताको कुरा निराधार र सुनियोजित हल्ला हो। सहमतिमै सबै पार्टीसंग छलफल गरेर अगाडि बढ्छौँ।’

प्रकाशित मिति: : 2023-02-22 15:57:00

प्रतिकृया दिनुहोस्