प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण कतार हुने भएको छ। 

विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन उनी यही फागुन २० गते कतारको राजधानी दोहा जान लागेका हुन्।  

भ्रमणमा जानैपर्ने भएको कारण उनी राष्ट्रपति निर्वाचनका बीच दुईदिने भ्रमणका लागि कतार जाने तयारीमा रहेको बताइएको छ। योसँगै प्रधानमन्त्री प्रचण्डको दोहा पहिलो विदेश भ्रमण हुनेछ।

प्रकाशित मिति: : 2023-02-21 21:32:00

प्रतिकृया दिनुहोस्